१४.१ प्राधिकरणको काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि एक सञ्चालक समिति गठन हुनेछ ।
१४.२ समितिको सामान्य निर्देशनमा रही सञ्चालक समितिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम र विनियम बमोजिम प्राधिकरणलाई भएका सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
१४.३ उपदफा १४.१ बमोजिम गठित सञ्चालक समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
१४.३.१ विकास–आयुक्त –अध्यक्ष
१४.३.२ प्रमुख, काठमाडौं महानगरपालिका –सदस्य
१४.३.३ प्रमुख, ललितपुर उपमहानगरपालिका –सदस्य
१४.३.४ प्रमुख, भक्तपुर नगरपालिका –सदस्य
१४.३.५ देहायका कार्यालयहरूका काठमाडौं उपत्यकाको कार्यक्रम हेर्ने प्रमुखहरू –सदस्य
१४.३.५.१ भवन विभाग
१४.३.५.२ पुरातत्व विभाग
१४.३.५.३ सडक विभाग
१४.३.५.४ नापी विभाग
१४.३.५.५ पर्यटन विभाग
१४.३.५.६ आवास तथा शहरी विकास विभाग
१४.३.५.७ खानेपानी तथा ढल निकास संस्थान
१४.३.५.८ नेपाल विद्युत प्राधिकरण
१४.३.५.९ फोहोर मैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र
१४.३.५.१०गुठी संस्थान
१४.३.५.११ नेपाल दूरसञ्चार संस्था
“१४.३.६ सहरी विकास व्यवस्थापन सम्बन्धी विज्ञहरुमध्येबाट समावेशी प्रतिनिधित्व हुने गरी सहरी विकास मन्त्रालयले तोकेका तीन जना -सदस्य”
१४.४ सञ्चालक समितिले तोकेको प्राधिकरणको कर्मचारीले सञ्चालक समितिको सचिव भई काम गर्नेछ ।
१४.५ नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा १४.३ बमोजिमका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
१४.६ सञ्चालक समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई सञ्चालक समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।